एनआर कलेजकी छात्रा एरिकालाई युएसए ओपन कराँतेमा स्वर्ण र रजत पदक

काठमाडौँ, चैत १९ गते । नेपालकी कराँते स्टार एरिका गुरुङले युएसए ओपन अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा स्वर्ण र रजत पदक जित्नुभएको छ ।

एरिकाले अमेरिकाको‌ टेक्ससमा जारी प्रतियोगितामा यु–२१ इलाइट महिला ६८ केजी माथि तौल समूहमा स्वर्ण पदक जित्नुभएको हो । फाइनलमा उहाँले आयोजक अमेरिकाको खेलाडीलाई पराजित गर्नुभएको थियो ।

चीनमा गत असोजमा भएको १९औँ एसियाली खेलकुद (एसियाड) मा नेपाललाई ऐतिहासिक रजत पदक दिलान सफल एरिकाले युएसए ओपन अन्तर्राष्ट्रिय कराँतेको ६८ केजी माथि (सिनियर) खुलातर्फ भने रजत जित्नुभयो । उहाँलाई यस एनआर कलेज परिवारको तर्फबाट हार्दिक बधाई व्यक्त गर्न चाहन्छौ । उहाँ स्नातक दोस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *