यस कलेजबाट आ. ब. २०८१/८२ मा तपसिल बमोजिमको कार्यको लागि मौजुदा सुची तयार गर्नु पर्ने भएको ले इच्छुक निर्माण व्यवसायी, आपूर्तिकर्ता ले सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र अध्यावधिक कम्पनी दर्ता प्रमाण पत्र, भ्याट दर्ता प्रमाणपत्र, व्यवसाय दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र को प्रमाणित प्रतिलिपि संलग्न राखी निवेदन पेश गर्नु हुन जानकारी गराईन्छ । मौजुदा सुची सम्बन्धि फर्म क्याम्पस बाट प्राप्त गर्न सकिने छ ।
तपसिल
१. सानातिना निर्माण तथा मर्मत कार्य
२. उपकरण (Computer Printer smart board, आदि) आपूर्ति कार्य
३. फर्निचर आपूर्ति कार्य
४. खेलकुद सामग्री आपूर्ति कार्य
५. प्रिन्टिङ तथा स्टेशनरी (पुस्तक, कापी, कलम, फोटोकपी पेपर आदी आपूर्ति कार्य
६. सुचना प्रबिधी तथा सफ्टवयेर आपूर्ति कार्य
७. बिजुली सम्बन्धी सामाग्री आपूर्ति कार्य